नियम ४
निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्नु पर्ने
(१) निर्वाचन अधिकृतले नियम ३ बमोजिम प्रकाशित पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीसँग सम्बन्धित निर्वाचन कार्यक्रमको सूचना आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।
(२) नियम १३ बमोजिमको निर्वाचन अधिकृतले समानुपातिक निर्वाचन प्रणालीसँग सम्बन्धित निर्वाचन कार्यक्रमको सूचना आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।